
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले महाधिवेशनबारे पार्टीभित्र देखिएको विवाद महामन्त्री गगन थापाको प्रस्तावले सम्बोधन गर्ने बताएका छन्।
जारी केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री थापाको प्रस्ताव अनुसार नै पार्टी नियमित महाधिवेशनमा जानुपर्ने बताए।
उनले भने, ‘नियमित महाधिवेशन नभए विशेष महाधिवेशन भनी अभियान चलाउनुभएको छ । पार्टी कार्यालयमा महाधिवेशन प्रतिनिधिहरुको करिब ५४ प्रतिशत सदस्यको हस्ताक्षरसहितको डकुमेन्ट वैधानिक रूपमा दर्ता भएको अवस्था छ ।’
समयमा नियमित महाधिवेशनको आवश्यकता वोध केन्द्रीय कार्यसमितिलाई पनि भएको धेरै नेताहरूको विचारहरूबाट प्रस्ट भएको बताए।
उनले थपे, ‘अहिलेसम्म हामीबिच महाधिवेशन कहिले गर्ने भन्ने प्रश्नमा मतैक्य हुन नसकिरहेको हो भन्ने मलाई लाग्दछ। मेरो व्यक्तिगत धारणा अनुसार नियमित महाधिवेशनका सम्बन्धमा महामन्त्री गगन थापाको प्रस्तावले सबैलाई एउटै बिन्दुमा ल्याउँछ जस्तो लाग्दछ।

Leave a Reply