
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संसद पुन:स्थापना गरी संविधान संशोधन मार्फत ताजा जनादेशमा जानुपर्ने बताएका छ्न् ।
प्रेस चौतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा संविधान बचाउन संसद पुन:स्थापना गर्नुपर्ने तर्क गरे ।
जेन-जी युवा पुस्ताको समेत माग सम्बोधन गर्ने र संविधान अनुसार मुलुक अगाडि बढाउन संसद पुन:स्थापना हुनुपर्ने पौडेलको भनाइ छ ।
उनले भाद्र २३ गते जेन-जी युवा पुस्ताको हत्याको घटनाको छानबिन गरी कारबाही हुनुपर्ने र भदौ २४ गते भएको आगजनी र विध्वंसको पनि छानविन गरि कारबाही हुनुपर्ने धारणा राखे ।
पौडेलले आगामी एमालेको महाधिवेशनले सर्वसम्मत रूपमा पार्टी नेतृत्व चयन गर्ने दाबी पनि गरे ।

Leave a Reply