
काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालय तोडफोड लुटपाट र आगजनीमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भदौ २४ गतेको प्रदर्शनमा सिंहदरबार, संसद् भवन, प्रहरी वृत्त बानेश्वरको भवन र सवारी साधनमा तोडफोड आगजनी र लुटपाट गरेको आरोपमा धनुषा बटेश्वरी गाउँपालिका ५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ३ बस्ने १८ वर्षका शिवम चौधरीलाई पक्राउ गरिएको हो ।
उनी विरुद्ध प्रहरी युनिफर्म र ट्राफिक हुईल लक समेत लुटी दुरुपयोग गर्नुको साथै सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्ने तथा आक्रमण गर्नका लागि भिडलाई उत्तेजित पार्ने अभिव्यक्ति दिएको समेत आरोप रहेको प्रहरी नायव उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए ।

Leave a Reply