
काठमाडौं । ललितपुरको पुल्चोकस्थित सुमेरु अप्टिकल पसलमा एक अपरिचित व्यक्तिले ‘टु–वे कम्युनिकेसन स्क्याम’ मार्फत ठगी गरी पैसा लिएर भागेका छन् ।
पसल सञ्चालक हरि थापाका अनुसार उनी पसलमा नभएको बेला यो घटना भएको हो ।
एक युवक हिजो पसलमा आएर सुरुमा स्टाफ कोपिला लामालाई हजार रुपैयाँ साट्ने बहाना बनाएर अलमल्याएका थिए । त्यसपछि ‘दाइ हुनुहुन्न ?’ भनेर सोधे ।
थापा भन्छन्, ‘म नभएको थाहा पाएपछि मेरो नम्बर मागेर फोन गरेजस्तो नाटक गरेछ ।
फोनमा उसले ‘दाइ मलाई समस्या प¥यो, एकछिनको लागि ५ हजार दिनु’ भनेर बोल्दै स्टाफलाई सुनायो । नक्कली संवादपछि ‘दाइले हुन्छ भन्नुभयो’ भन्दै स्टाफसित ६ हजार रुपैयाँ माग्यो । स्टाफले पनि विश्वास गरेर पैसा दिइछन् ।’
थापाका अनुसार युवकले लामाबाट तीन पटकसम्म पैसा मागेका थिए ।‘तीन पटकमा दुई दुई हजार गर्दै ६ हजार फुत्काएर भाग्यो,’ उनले भने ।
यस्ता किसिमका स्क्यामहरू पसलहरूमा बढेको व्यवसायी बताउँछन् । थापाले प्रहरीमा पनि आफु ठगीमा परको भनेर उजुरी दिएको बताए ।

Leave a Reply