निकोलसले आव्हान गरेको प्रदर्शनमा आउनेलाई धमाधम समात्दै प्रहरी

काठमाडौं । डा.निकोलस भुसालले आह्रान गरेको प्रदर्शनमा आएका प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।

प्रहरीले माइतीघरमा आएका प्रदर्शनकारीहरुलाई धमाधम पक्राउ गरेका हुन् । अहिलेसम्म ३ जनालाई पक्राउ गरी भ्यानमा हालेको प्रहरीले जनाएको छ ।

उनले  सरकारविरुद्ध माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्न उनले आह्वान थिए ।

‘पहिला देश’ अभियान अन्तर्गत  जेनजीका विभिन्न समुहले सरकारले जेनजीका मागलाई अवमूल्यन गरेको विरोध र हत्यारालाई कारबाही गर्न, भ्रष्टाचारको छानबिन र कारबाहीको लागि, संबिधान संशोधन गरेर प्रदेश सरकार खारेजको लागी दबाव दिन, वर्तमान सरकारले पनि सेवा प्रवाहबाट ती उठेका मागहरू पूरा गर्न नसकेको तथा जेनजी आन्दोलनले उठाएका मुद्दाहरू सम्बोधन गर्न, लघु वित्त पीडित, बैंक, मिटरब्याजी, सहकारी पीडित लगायतका समस्याहरू समाधान गर्न तर्फ कुनै ठोस पहल नगरेको देखिएको भन्दै ती मागहरू पूरा गराउन शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन  गर्ने बताएका थिए ।

भुसालले   प्रदर्शन गर्ने भनेपछि बिहानैदेखि बाक्लाे संख्यामा  सुरक्षाकर्मी परिचालन गरिएकाे छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *