
काठमाडौं । एमाले केन्द्रीय सचिवालयको शनिवारको बैठकमा पनि पूर्वराष्ट्रपति एवं उपाध्यक्ष विद्यादेवी भण्डारीको विषय उठेको छ ।
एक पदाधिकारीका अनुसार हिजोको बैठकमा भण्डारीको सदस्यताको विषयले बाहिर राम्रो सन्देश नगएको, पार्टी पङ्क्तिमा तलसम्म दुई धार देखिएको र स्वयं उन योगदानको अवमूल्यन भइरहेको भन्दै पदाधिकारीहरूले कुरा उठाएका थिए ।
उपाध्यक्ष सुरेन्द्र पाण्डेले भनेका थिए, ‘उहाँलाई के-कसरी सम्बोधन गर्ने छिटै टुङ्ग्याऊँ । यसले सकारात्मक मेसेज गएन ।’ वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, युवराज ज्ञवाली, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्टले पनि पुनः सम्झाए ।
अध्यक्ष ओलीले भण्डारीसँग आफैँ कुरा गर्ने बताएको ती पदाधिकारीले बताए । ‘अहिले यो विषयमा यहाँ कुरा नगरौँ । मै उहाँसँग कुरा गरौँला भन्नुभयो’, उनले सुनाए ।
ओलीले यो विषय यत्तिकै टार्न खोजेको आशंका उनीहरूको छ ।

Leave a Reply