
काठमाडौं । नेकपा माओवादी केन्द्रले विघटित केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकताको निर्णय लिन कात्तिक १७ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक राख्न लागेको एक नेताले बताए।
दसैँअघि बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी भङ्ग गरेर प्रचण्डको नेतृत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको थियो। नेकपा एससहित वाम एकतासहित थप छलफलका लागि अहिले पेरिसडाँडामा सचिवालय बैठक जारी छ।

Leave a Reply