माधव नेपालले सुनाए निर्णय- माओवादी केन्द्र र नेसपासँगको एकता अनुमोदन

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेसपासँगको एकतालाई अनुमोदन गरेको छ ।

बुधवारदेखि धुम्बाराहीमा जारी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको निष्कर्ष सुनाउँदै पार्टी अध्यक्ष नेपालले एकता प्रस्ताव सर्वसम्मतले अनुमोदन भएको सुनाएका हुन् ।

यद्यपि, बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीसहित ६० भन्दा बढी नेताले पार्टी पुनर्गठन र एकताविरुद्ध धारणा राखेका थिए ।

बैठकमा अध्यक्ष नेपालको समापन मन्तव्य जारी छ ।

अहिलेसम्म उनले आफ्नो मन्तव्यका क्रममा राखेका मुख्य बुँदाहरू

1. बैठकको कुरा बैठकमा राखौँ, बाहिर लेख्ने बोल्ने काम नगरौँ ।

2. जे गर्दा बोल्दा पनि छुट दिने उदार पार्टी हाम्रो नै भएको छ ।

3. राष्ट्रका सामु हाम्रो सामु ठुला ठुला चुनौती छन् । सबै पार्टी र नेताहरूलाई हामीले राम्रोसँग बुझेका छौँ । नाडी छानेका छौँ ।

4. विगतमा राजतन्त्र फाल्न सकिँदैन भन्नेहरू थिए, हामीले आँट गरेर राजतन्त्र फाल्यौँ ।

5. विगतमा नेपालका नेताहरू कोही लोकप्रिय छैनन् भन्ने हल्ला चलाइएको बीच हामीले लुम्बिनीमा ठुलो सभा गरेका थियौँ ।

6. निराश हुनुपर्ने अहिले पनि बेला छैन ।

7. जनताले साथ दियो भने शक्ति बढ्छ । जनताको विश्वास जित्नुपर्छ । विगतमा दुई तिहाइ पनि ल्यायौँ । तर नेतृत्व गलत भएर धेरै कुरा बिग्रियो ।

8. ओलीको कुशासनले जेनज आन्दोलन भयो । जेन ज विस्फोट भयो ।

9. मलाई थाहा पनि थिएन यो आन्दोलन बारे । विदेशीहरूले लामो समयदेखि योजना बनाएका रहेछन् ।

10. जेनजीले हामीलाई बिदा होऊ भनेको छैन ।

11. तर नमरुन्जेल नेतृत्वमा बस्न दिने सिस्टम बनाउनुपर्छ । त्यो महाधिवेशन बाट गर्नुपर्छ ।

12. जति अशक्त भएपनि नेतृ्तव्मा लगातार वर्षौंसम्म बस्नैपर्ने मोह कम्युनिस्ट पार्टीहरूमा पनि छ । मसालमा छ, नेमकिपामा छ, माओवादी केन्द्रमा पनि छ ।

13. तर, उमेरले सबै कुरा तय गर्दैन । विचार गतिशीलता छ कि छैन यो महत्वपूर्ण कुरा हो ।

14. हाम्रो छवि, एमाले र नेताहरूको छवि माथि छ ।

15. पतञ्जलिको केस भ्रष्टाचारको केस हैन । आरोपपत्रमा त्यो छैन ।

16. एक कठ्ठा सरकारी जग्गा तलमाथि गरेको छैन ।

17. भूमि ऐनले हदबन्दीभन्दा बढी जग्गा राख्न अनुमति दिन्छ ।

18. त्यो निजी जग्गा किनेको हो, कुनै छुट दिएको छैन कर तिरेको छैन ।

19. अख्तियारले छानबिन गरेर केही छैन भनेर तामेलीमा राखेको कुरा केपीको स्पेसल आदेशमा जबर्जस्ती मुद्दा लाएको हो । ओलीको बदला भाव ले भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *