‘परान’ मा आफ्नै अभिनय हेरेर भक्कानिए निर शाह

काठमाडौँ । वरिष्ठ अभिनेता नीर शाह आफ्नै अभिनय हेरेर धरधरी रोएका छन् । हिजो आयोजना गरिएको चलचित्र ‘परान’ को प्रिमियरमा उनले आफ्नो आँशु थाम्न सकेनन् ।

पारिवारिक र सामाजिक विषयवस्तुमा निर्माण भएको यो चलचित्रमा नीर शाहको केन्द्रीय भूमिका छ । उनले एक पिताको भूमिका निर्वाह गरेका छन्, जो सन्तानको सपनाका लागि आफ्नो खुशीलाई तिलाञ्जली दिन वाध्य हुन्छ । नीरको सुदृढ अभिनयले चलचित्रलाई जुरुक्कै उठाएको छ ।

सिभिल मलमा रहेको क्युएफएक्समा साँझ ७ बजेबाट सुरु भएको प्रिमियरमा अन्य कलाकारहरुसँग बसेर शाहले फिल्म हेरेका थिए । फिल्म मध्यान्तरसम्म पुग्दै गर्दा भावुक बनिरहेका थिए शाह । मध्यान्तरपछिका थुप्रै दृष्यहरुमा उनको आँखामा आँशु टिल्पिलाए । क्लाइमेक्समा भने उनले आँशु रोक्न सकेनन् ।

उनले मिडियाकर्मीसँग प्रतिक्रिया दिनेक्रममा चलचित्रमा आफूलाई नभएरु पात्रलाई हेरिरहेको बताए ।

शाहले भने, ‘छायांकनमा अभिनय गरेपछि पुरा फिल्म आजै हेर्दैछु । म आफूलाई हैन त्यो पात्रलाई हेरिरहेको थिएँ । धेरै ठाउँमा भावुक बनायो । आफूलाई रोक्नै सकिन । मलाई मात्र होइन यो फिल्मले हरेक बुबा, आमा, छोरा–छोरीलाई छुनेछ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *