भरतपुरको श्री माविका ५२ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

चितवन । भरतपुर महानगरपालिका-६ स्थित श्री माध्यमिक विद्यालय इन्द्रपुरीका विपन्न तथा जेहनदार अध्ययनरत आर्थिक रूपमा कमजोर तथा जेहनदार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको छ।

विद्यालयका पूर्व विद्यार्थी तथा हाल अष्ट्रेलियाको एडिलेड निवासी पत्रकार विकास पौडेल ‘उदास’ ले ५२ जना विद्यार्थीलाई ती सामग्री सहयोग गरेका हुन् ।

विद्यालयमा अध्ययनरत मेधावी विद्यार्थीहरूलाई उत्प्रेरणाका लागि यो सहयोग प्रभावकारी हुने व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर गुरुङ बताए ।

प्रधानाध्यापक शान्ति अधिकारीले पौडेलको विद्यालयप्रतिको निरन्तर सहयोग र समर्पणप्रति आभार जनाइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *