
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपालको राजनीतिमा नमरुन्जेलसम्म नेतृत्वमा रहने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै आफूहरूले महाधिवेशनबाटै पार्टीमा २० प्रतिशत युवाहरूको सुनिश्चितता गरिसकेको बताए ।
उनले भने, ‘हामीले नयाँ ढंगको सोच बनाएर जानुपर्छ, एउटै मान्छे कतिचोटि सांसद, मन्त्री, प्रधानमन्त्री बन्ने ? एउटै मान्छे पार्टीको कतिचोटि प्रमुख हुने ? एउटै मान्छे सधैँ भरी मुख्य ठाउँमा मात्रै बसिराख्ने ? यो सबै परिवर्तनको लागि नयाँ ढङ्गले सोच्नुपर्छ ।’
उनले आफ्नो पार्टीका नेता कार्यकर्ता निराश हुनुपर्ने अवस्था नरहेको बताए । सरकार चुनावको तयारीमा लागिसकेकाले बेलैमा पार्टीको तर्फबाट पनि तयारी थाल्न नेपालले निर्देशन दिए । उनले जेन-जीका प्रतिनिधिहरूले आफूलाई भेटेर नेकपा एसको ठुलो महत्त्व रहेको कुरा बताइरहेको पनि जिकिर गरे ।
उनले थपे, ‘मैसँग आएर जेनजीका साथीहरूले भनिसकेका छन्, तपाईँहरूको पार्टीको ठूलो महत्त्व छ, तपाईँहरू अगाडि बढ्नुस् । हामीलाई गौरव र विश्वास पनि छ ।’

Leave a Reply