रुकुमपूर्वका विभिन्न स्थानमा हिमपात र वर्षाले जनजीवन प्रभावित

रुपन्देही । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वका विभिन्न स्थानमा हिमपात र वर्षाले जनजीवन प्रभावित भएको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा गएराति देखि वर्षासँगै हिमपात भएकोले जनजीवन प्रभावित भएको त्यहाँस्थित पत्रकार विमल डाँगीले जनाएका छन् । जिल्लाका भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका उच्च पाटन क्षेत्रमा यस वर्षको पहिलोपटक सेताम्मे हिउँ परेको उनको भनाइ छ ।

अहिले यो क्षेत्रमा धेरै पर्यटक पुग्ने समय भएपनि हिमपातले उनीहरुलाई समस्या भएको छ । पर्यटकहरूले हिमपात मानेपनि वर्षका कारण विभिन्न स्थानमा समस्या भएको र चिसो बढेकाले स्थानीयसमेत बाहिर निस्किन कठिन भएको छ। हिमपात र वर्षासँगै चिसो बढेकोले यहाँ पुगेका पर्यटकहरु विभिन्न स्थानमा रोकिएका छन् ।

तस्बीर दिलचन पुन

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *