केन्द्रीय समिति बैठकले नियमित महाधिवेशनबारे निर्णय लिन्छ : खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको जारी केन्द्रीय समिति बैठकले ऐतिहासिक निर्णय गर्ने बताएका छन् ।

तरुण दलको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले बैठकलाई सभापति शेरबहादुर देउवाले गरेको सम्बोधनले नयाँ सन्देश दिइसकेको बताए ।

उनले भने, ‘कांग्रेसले आफ्ना बीचमा भएका सानातिना समस्याहरूलाई समाधान गर्दै एकताबद्ध भएर आउँछ । फेरि नेपाली जनताले विगतमा जस्तै कांग्रेसबाट नै आशा र भरोसा गरेका छन् । हामीबाट पनि कमीकमजोरी भए होलान्, त्यसलाई स्वीकार्छौँ ।’

उनले संविधान, सार्वभौमसत्ताको रक्षाको लागि एकताबद्ध भएर अघि बढ्ने बताए । एकताबद्ध भएर केन्द्रीय समिति बैठकबाट नियमित महाधिवेशनबारे निर्णय लिने खड्काको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *