सुनको मूल्य आज पनि २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला दुई हजारले घटेर दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला  ३५ ले घटेर दुई हजार ९८० रहेको छ । आइतबार नेपाली बजारमा सुन प्रतितोला दुई लाख ४१ हजार ९०० र चाँदी तीन हजार १५ मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *