
काठमाडौं । मन्त्री नियुक्तिको लागि तयार पारिएका अर्का एकजनाको पनि शपथ रोकिएको छ । भूमि सुधार मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ पनि विवादमा मुछिएको भन्दै शपथ नहुने भएको स्रोतले बतायो ।
सुरूमा पर्यटनमन्त्रीमा चर्चा गरिएका श्रेष्ठको पछि मन्त्रालय हेरफेर गरिएको थियो । उनको शपथ रोकिनुको कारणबारे विस्तृत खुलिसकेको छैन ।
यसअघि श्रममन्त्रीमा सिफारिस खगेन्द्र सुनारका अनेक काण्ड प्रमाणसहित बाहिर आउन थालेपछि उनको पनि शपथग्रहण नहुने भएको छ ।

Leave a Reply