बाघको आक्रमणबाट घाँस काट्न गएका पुरुषको मृत्यु

रुपन्देही । बाँकेको राप्तीसोनारी गाउँपालिकामा बाघको आक्रमणबाट घाँस काट्न गएका एक पुरुषको मृत्यु भएको छ ।

स्थानीय रिम्ना सामुदायिक वनमा शुक्रवार दिउँसो घाँस काट्न गएका राप्ती सोनारी गाउँपालिकाको वडा नं ९ गुरुवागाउँ नमुना बस्तीका ४० वर्षीय इन्द्र बहादुर खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

शुक्रवार राति अबेरसम्म घाँस काटेर नफर्किएपछि शनिवार बिहानैदेखि स्थानीय र प्रहरीसहितको टोलीले रिम्ना सामुदायिक वन क्षेत्रमा खोजी गर्दा सोही सामुदायिक वनको चिल्लेपाटा भन्ने स्थानमा खत्रीको शव क्षतविक्षत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता दिपक पातलीले जनाए ।

घाँस काटेर राखेको डोको र चप्पल एक स्थानमा, शरीर, टाउको तथा खट्टा छुट्टिएको अवस्थामा अलग अलग स्थानमा तीन टुक्रा भएको अवस्थामा शव भेटिएकाले खत्रीको मृत्यु बाघकै आक्रमणबाट भएको हुनसक्ने उनको भनाइ छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *