विविधता भित्र रहेको हाम्रो सद्भाव र सहिष्णुताले नै हाम्रो राष्ट्रिय एकतालाई बलियो बनाएको छ : खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विविधता भित्र रहेको हाम्रो सद्भाव र सहिष्णुताले नै हाम्रो राष्ट्रिय एकतालाई अझ बलियो बनाएको बताएका छन् ।

तिहारको अवसर शुभकामना सन्देश जारी गर्दै उनले तिहार, अर्थात् यमपञ्चकका हरेक दिनले पारिवारिक, सामाजिक र मानवीय सम्बन्धहरूमा सौहार्दता र आत्मीयता कायम गर्दै दिदीबहिनी र दाजुभाइहरु बीच तथा आफन्तहरू बीचमा सुमधुर सम्बन्ध विकसित गर्न सघाएको उल्लेख गरेका छन् ।

तिहार तथा नेपाल सम्वत्को नयाँ वर्ष ११४६ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ, दीर्घायु र उत्तरोत्तर प्रगतिको लागि शुभकामना पनि व्यक्त गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *