
काठमाडौं । नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायलबाट नेपाल ल्याइँदै छ ।
इजरायली सेनाका अनुसार हमास समूहले बन्धक बनाएकै अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो नेपाल आउँदैछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ बजेपछि शव आइपुग्ने अपेक्षा गरिएको छ ।
काठमाडौंबाट नेपाली सेनाको संयोजनमा विपिनको शव उनको घरसम्म पुर्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply