
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर-सिक्समा नेपालसंग हारपछी सामोआका खेलाडीले नेपाली समर्थकलाई सम्मान व्यक्त गरेका छन् ।

खेलपछी उनीहरु समर्थकतिर पुगेर ताली बजाएर समर्थकलाई सम्मान गरेका थिए।
उक्त खेलमा नेपाललाई समर्थन गर्न नेपाली समर्थक बाजागाजासहित मैदानमा पुगेका थिए। अन्तिम खेलमा नेपालले सामोआलाई १२४ रनले पराजित गर्यो । छनोटमा नेपाल अपराजित बन्दै च्याम्पियन बन्यो ।
नेपालसहित ओमन र युएईले सन् २०२६ मा हुने टी-२० विश्वकपमा स्थानसमेत पक्का गरे।

Leave a Reply