संसद् पुनर्स्थापनाको पक्षमा उभिने निर्णयप्रति युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यको असहमति

काठमाडौं । संसद् पुनर्स्थापनाको पक्षमा जनपरिचालन गर्ने एमालेको निर्णयप्रति उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले असहमति जनाएका छन्।

केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले चुनावमा भन्दा पनि संसद् पुनर्स्थापनाको पक्षमा जोड दिएपछि उपाध्यक्षद्वयले असहमति राखेका हुन्। उपाध्यक्षद्वयले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयलाई प्रचारात्मक आन्दोलनको विषय मात्रै बनाउनुपर्ने राय राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

उनले भने, ‘प्रतिनिधि पुनर्स्थापनाको विषयलाई प्रचारात्मक आन्दोलनको विषय मात्रै बनाउनुपर्छ भन्ने युवराज ज्ञवालीले राय राख्नुभएको छ। त्यसमा अष्टलक्ष्मीले समर्थन गर्नुभएको छ।’

उनले अहिलेको मुद्दालाई समाधान गर्ने, संविधानमा ट्र्याकमा ल्याउने र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नको लागि संसद् पुनर्स्थापनाको विकल्प नभएको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *