जावलाखेलमा पुष्प मेलाको रौनक (तस्बिरहरु)

काठमाडौं । यही असोज २५ गतेदेखि ललितपुरको जावलाखेलमा सुरु भएको ‘१८औं गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी २०८२’ मा सर्वसाधारणको बाक्लो उपस्थिती देखिएको छ। असोज २५ देखि कार्तिक २ गतेसम्म चल्ने यो ‘ऋजचथकबलतजझगm ँयिचब भ्हउय द्दण्द्दछ’ मा राजधानीका विभिन्न स्थानबाट आएका सर्वसाधारण फूल र बिरुवाको आकर्षणमा रमाइरहेका छन्।

गोदावरीबाट ल्याइएका विभिन्न प्रजातिका फूल र सजावटी बिरुवाले प्रदर्शनीको रौनक बढाएको छ। यहाँ भेटिने फुलका थरीथरी रंग र आकारहरूले बालबालिकादेखि वृद्धसम्म सबैलाई मोहित पारेका छन्। तिहार नजिकिँदै गर्दा धेरै ग्राहकहरू फूल र बिरुवा किन्न व्यस्त देखिन्छन्। कतिपयले सवारीसाधनमा थुप्रै फूलका गमला र बोटहरू बोकेर घर फर्किरहेका छन्।

फ्लोरा एक्स्पोको प्रवेशद्वार रंगीन फूलहरूले सजाइएको छ, जसले आगन्तुकहरूको स्वागत गरिरहेको छ। आयोजकहरूले गोदावरी फूल उत्पादन र संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरेका हुन्।

तिहारलाई ‘फूल र बत्तीको पर्व’का रूपमा मनाइने भएकाले यस प्रदर्शनीमा फूलको माग असाध्यै बढेको सहभागीहरूको भनाइ छ। धेरै मानिसहरू आफ्ना घर र आँगन सजाउनका लागि गोदावरी, मखमली, गुलेस, र विभिन्न प्रजातिका बिरुवा किन्दै गरेको देखिन्छ।

फूलको रौनकसँगै मानिसहरूको अनुहारमा खुशी झल्किरहेको छ—केही फोटा खिच्दै छन्, केही फूलको सुगन्धमा रमाइरहेका छन्। यो प्रदर्शनीले काठमाडौं उपत्यकामा तिहारको सुरुवाती माहोल झनै जीवित बनाइदिएको छ।

तस्बिर : ममुन के.सी./ नेपाल फोटो लाइब्रेरी

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *