
काठमाडौं । नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेश समितिका सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले म्याद सकिएका महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर मान्य नहुने बताएका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले मंसिरमा महाधिवेशन गर्न महामन्त्रीहरुलाई कसैले नरोकेको भन्दै म्याद सकिएका प्रतिनिधिहरुको हस्ताक्षर अभियान गलत भएको बताए ।
‘नियमित महाधिवेशन शेरबहादुर देउवाले नगरेको हो कि केन्द्रीय समितिले नगरेको हो ? महामन्त्रीले मंसिरमा नियमित महाधिवेशन गराउँछौँ भन्नुभएको छ गराए भैगो नि । तर म्याद गुज्रिसकेका महाधिवेशन प्रतिनिधिको हस्ताक्षर ल्याएर म्याद सकिएको समितिको लागि विशेष महाधिवेशन हुँदैन’, बलायरले भने ।
उनले अघिल्लो दिनसम्म शेरबहादुर देउवालाई तथानाम भन्नेहरु देउवाले कार्यवाहक सभापति तोक्नेबित्तिकै देउवाको गुणगानमा लिप्त भइसकेको बताए ।
विशेष महाधिवेशनको औचित्य पुष्टी नहुने भन्दै उनले सरकार सञ्चालनको संयन्त्रमा बसेका र मन्त्री भएकाहरुले पनि सभापति देउवालाई दोष दिनु आश्चर्यको विषय भएको बताए ।
‘संयन्त्रमा बसेर सरकार चलाउनेहरुको दोषको भारी पनि शेरबहादुरले बोक्दिनुपर्ने ?’, बलायरले प्रश्न गरे ।

Leave a Reply