राष्ट्रपति, प्रधानमन्त्री र जेनजी अगुवाबीच शीतल निवासमा बैठक सुरु

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको समेत उपस्थितिमा जेनजी अगुवाहरु र सरकारबीच शीतल निवासमा वार्ता सुरु भएको छ । केही दिनअघि तय भएको वार्ता स्थगित भएकोमा आज निरन्तरता दिइएको हो ।

वार्ताका लागि जेनजी अगूवाहरु साढे ५ बजे शीतलनिवास प्रवेश गरेका छन् । यस्तै प्रधानमन्त्री र केही मन्त्रीहरु पनि शीतलनिवासमा छन् । वार्तामा जेनजी आन्दोलनका एजेन्डा र मन्त्रीपरिषद विस्तार लगायतका विषयमा छलफल हुँदैछ ।

बैठकमा जेनजीबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी, धिरज जोशी लगायत सहभागी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *