सांगीतिक टुर लिएर पहिलोपटक अमेरिका उडे दुर्गेश, डेढ महिनामा ११ शहरमा प्रस्तुति दिने

काठमाडौं । गायक तथा स्टेज पर्फमर दुर्गेश थापा सांगीतिक प्रस्तुतिका लागि अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाका विभिन्न ११ शहरमा आफ्नो प्रस्तुति दिन दुर्गेश मंगलबार साँझ ७ बजे अमेरिका उडेका हुन् ।

दुर्गेशको पहिलो कार्यक्रम यही शुक्रबार अर्थात १७ अक्टोबरमा अस्टिन टेक्सासबाट सुरु भएर नोभम्बर २२ मा डल्लास टेक्सासमा पुगेर सकिनेछ । त्यो बीचमा उनले न्युयोर्क, बाल्टिमोड, कोलम्बस, कोलोराडोलगायतका ठाउँमा ११ स्टेजमा प्रस्तुति दिने तालिका छ ।

आरएनआर ग्रुप्स एलएलसी (रोशन पुरी), पाण्डे होम्स एलएलसी (गणेश पाण्डे) र एकेबी कम्पनी एलएलसी (अशिष भडेल) द्वारा आयोजना गरिएको यो टुरलाई लिएर दुर्गेश आफैँ पनि उत्साहित छन् । दुर्गेशको यो पहिलो अमेरिका टुर भएकाले पनि दर्शकको उल्लेख्य उपस्थिति हुने अपेक्षा आयोजक टीमको छ ।

कार्यक्रममा दुर्गेशले आफ्नो पछिल्लो समयका चर्चित गीत दुश्मन हेरेको हेरेई, जाने भए जाममाया लगायतका गीतहरु दर्शकलाई सुनाउनेछन् । सोही अवसरमा अर्की चर्चित गायिका मेलिना राईको पनि प्रस्तुति रहने बताइएको छ । नोभेम्बर १ मा भर्जिनियामा हुने कार्यक्रममा दुर्गेशसँगै मेलिनाको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *