मधेशमा मन्त्रालय बाँडफाँटको संख्या टुंगियो, मन्त्रालय र मन्त्रीको नाम टुंगिन बाँकी

जनकपुरधाम । मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनललाई चयन गर्दै पाँच दलबीच नयाँ सरकार बनाउनका निम्ति मन्त्रालयको संख्यामा सहमति भएको छ ।

सोनललाई मुख्यमन्त्री बनाइने भएपछि उनको पार्टीले जम्मा एक मन्त्रालय पाउने भएको छ । जसपाको भागमा ४ मन्त्रालय परेका छन्, जनमतले ३ पाएको छ ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई १-१ मन्त्रालय टुंग्याइएको छ । ती दलले पाउने मन्त्रालय र मन्त्री हुनेको नाम टुंगो लागेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *