
काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार फागुन २१ गते चुनाव हुनेमा शंका व्यक्त गरेका छन्। पार्टीको मधेस प्रदेश अधिवेशनको उद्घाटन गर्दै सरकारले चुनाव गर्ने विश्वास दलहरूलाई दिन नसकेको बताए।
उनले भने, ‘यो सरकार संविधान अनुसार बनेको छैन। संसद् विघटन पनि संविधान अनुकूल छैन। आवश्यकताले अहिले सरकार बनेको छ। अहिलेको सरकारको ६ महिनामा चुनाव गराउने दायित्व छ। एक महिना बितिसक्यो तर, अहिलेसम्म यो सरकार कुनै संवाद गरेको छैन।’
राजनीतिक दलबिना निर्वाचन कसरी सम्भव हुन्छ ? भन्दै प्रश्न गरे।
उनले भने, ‘यदि चुनाव भएपछि राजा ज्ञानेन्द्रले गरेको चुनावजस्तो हुन्छ। अहिलेसम्म चुनावको वातावरण छैन। अहिले जनतामा अनिश्चितता, दुबिधा र भयको मानसिकता छ।’

Leave a Reply