सुनको भाउ साढे २ लाख नजिक, आजै ८ हजार १ सय बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएको छ ।

सुनको मूल्य आज एकैदिन तोलामा ८ हजार १ सय रुपैयाले बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ८ हजार १ सयले बढेर २ लाख ४८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

सोमबार सुनको मूल्य २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्यमा पनि १०५ रुपैयाँले बढेर ३ हजार ३३५ रुपैयाँ कायम भएको हो । हिजो चाँदीको मूल्य ३ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *