
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार हरियाली छाएको छ । नेप्से परिसूचक ४४.२५ अंकले बढेर २ हजार ५ सय ४७ दशमलब ६० विन्दुमा बन्द भएको हो ।
त्यस्तै, सोमबार ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा २ सय कम्पनीको शेयरमूल्य बढ्दा ४४ वटाको घटेको छ । यस्तै ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज तीन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल रिइन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेका छन् । यी तीन वटै कम्पनीको शेयरमूल्यमा साकारात्मक सर्किट लागेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सर्वाधिक गुमाए । यस कम्पनीको शेयरमूल्य ५.२६प्रतिशतले घटेको छ ।
एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ३१ करोड ९१ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Leave a Reply