भोलि माइतीघरमा हुने भनिएको आन्दोलन स्थगित, कारण घुसपैठको आशंका

काठमाडौं । ‘NTEK-Z’ नामक एक समूहले भोलि माइतीघरमा तय गरेको आन्दोलन स्थगित गरेको छ ।

आज साँझ एक विज्ञप्ति निकाल्दै उक्त आन्दोलन अराजक तत्वहरूहरूले बिथोल्ने र अप्रिय घटना निम्त्याउने देखिएको भन्दै स्थगित गर्ने र अर्को मिति पछि जानकारी गराउने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा अध्यक्ष प्रज्ज्वल लामा, प्रवक्ता प्रदीप भट्टराई र सदस्य सुनिल सिंहले हस्ताक्षर गरेका छन् ।

जेन-जीका विभिन्न समूहले फेरि प्रदर्शन गर्ने चर्चा र तयारीका बीच आजमात्र गृह मन्त्रालयले धर्ना-जुलुस लगायतका कार्यक्रम गर्नुअगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन सार्वजनिक अपील गरेको थियो ।

गृहको उक्त अपीलसँगै आन्दोलन ‘NTEK-Z’ ले आन्दोलन स्थगित गरेको जनाएको हो ।

यसअघि सुरक्षा निकायका प्रमुखले गृहमन्त्री र प्रधानमन्त्रीलाई विभिन्न समूहले आन्दोलन गर्ने बताइरहेको अवस्थामा भदौ २४ मा जेलबाट भागेका कैदीबन्दी र प्रहरीको पोशाक र हतियार लुटेकाहरूको घुसपैठ हुनसक्ने भन्दै शान्ति सुरक्षामा चुनौती हुनसक्नेतर्फ सचेत गराउँदै आवश्यक कदम चाल्न आग्रह गरेका थिए ।

ntek z

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *