खगराजको हुंकार- केपी ओलीलाई छोयो भने कास्कीले सबैभन्दा ठूलो जुलुस निकाल्नेछ

पोखरा । नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गरे कास्कीबाट सबैभन्दा ठूलो जुलुस निस्कने बताएका छन् ।

एमाले पोखरा महानगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्वमुख्यमन्त्रीसमेत रहेका अधिकारीले समूद्रपारीका, छिमेकका डिपस्टेट होल्डरहरूले गरेको कामको मतियार एमाले हुन नसक्ने उल्लेख गरे ।

‘समूद्रपारीका, छिमेकका डिपस्टेट होल्डरहरूले गरेको कामको मतियार नेकपा एमालेका कार्यकर्ता हुन सक्दैनन् । केपी ओलीलाई छोयो भने, गिरफ्तार गर्‍यो भने कास्की सबैभन्दा ठूलो जुलुस निकाल्नेछ । कास्कीले नेकपा एमाले जिन्दावादको नारा लगाउने छ,’ उनले भने ।

उनले थपे, ‘यहाँबाट सुरु गरौं । किनभने, भीमसेन दाहालले रगत बगाएको ठाउँ हो, कृष्ण भुजेलले रगत बगाएको ठाउँ हो । गोविन्द पौडेलले रगत बगाएको ठाउँ हो ।’

पूर्वमुख्यमन्त्री अधिकारीले भदौं २३ र २४ गते भएको जेन—जी आन्दोलनमा चारवटै सुरक्षा निकायका व्यक्तिहरु विकेको आरोप लगाए । ‘चारै सुरक्षा निकायका मान्छेहरु बिकेका हुन् । त्यसकारण यो घटना भयो,’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *