
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका सबै आयुक्तहरूको राजीनामाको मागसहितको निवेदन लिएर केही युवा टंगाल पुगेका छन् ।
‘जेन-जी मुभमेन्ट अलायन्स’ ले हिजो राईसहित सबै आयुक्तलाई तत्काल राजीनामा दिन भन्दै इमेलबाट दबाबमूलक पत्र पठाएको थियो । उनीहरूले राईको निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।
अख्तियारमा दलका मान्छे नियुक्त गरिएको र भ्रष्टाचारको निष्पक्ष छानबिन हुनेमा शंका भएको भन्दै नयाँ निष्पक्ष मान्छे ल्याउनुपर्ने उनीहरूले माग गरेका छन् ।
आयोग कार्यालय परिसरमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सुरक्षा चुनौती भएका ठाउँमा विशेष सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्रीले दिएको निर्देशनबमोजिम आज बिहानैबाट त्यहाँ प्रहरीको कमाण्डो टोली परिचालन गरिएको हो ।

Leave a Reply