हरिहर अधिकारीलाई लक्षित गर्दै कुलमानले भने- केही ज्योतिषका कारण पनि क्षति भयो

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले ज्योतिष हरिहर अधिकारीलाई लक्षित गर्दै असन्तुष्ट पोखेका छन् ।

आइतबार पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले सरकारले वर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेकोमा ज्योतिषले नहुने बताएका कारण थप क्षति भएको बताएका हुन् ।

आफूले सुनेको कुरा रहेको बताउँदै मन्त्री घिसिङले भने, ‘केहि ज्योतिषहरुले यो हुँदैन, गलत हो भनेर भनेको कारणले पनि लाङटाङमा त्यसरी ट्रेकिङमा पनि जानु भयो की भन्ने छ । हामीले पटक पटक भनेर जानकारी पनि दिइरहेका थियौँ । हामीले दिएको जानकारीलाई गतल भन्न खोजियो ।’

सरकारले असोज १८ देखि २० गतेसम्म भारी वर्षा हुने भएकोले सतर्कता अपनाउन आग्रह गरेको थियो । सरकारको उक्त आग्रहलाई ‘बेवास्ता’ गर्न सामाजिक सञ्जाल मार्फत उक्साएका थिए ।

ज्योतिष अधिकारीले मौसम विभागले भने अनुसार भारी वर्षा नभएर सामान्य मात्र वर्षा हुने भन्दै ढुक्क हुन भनेका थिए । अधिकारीले उक्त पोस्ट शनिवार डिलेट हानेर क्षमा मागिसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *