
काठमाडौं । नेपालले वेस्ट इन्डिजविरूद्धको अन्तिम टि २० म्याचमा १० विकेटको हार बेहोरेको छ । नेपालले दिएको १२३ रनको झिनो लक्ष्य वेस्ट इन्डिजले कुनै पन विकेट नगुमाइ भेट्यो ।
यसअघिका दुई खेलमा शानदार जित निकालेको नेपाल तेस्रोका हार बेहोर्दै शृङ्खला क्लीन स्वीप गर्न चुकेको हो । दुई खेलमा कमजोर प्रदर्शन गरेको वेस्ट इन्डिजले तेस्रोमा भने नेपाललाई कुनै मौका दिएन । ४६ बल बाँकी छँदै वेस्ट इन्डिजले लक्ष्य भेटेको थियो ।
वेस्ट इन्डिजका अमिर जांगुले ४५ बलमा ७४ रन बनाए । अर्का ओपनर अकिम अगस्त्यले २९ बलमा ४१ रन जोडे । दुवै ओपनर नटआउट रहे । आज नेपालका कुनै पनि बलरले प्रभाव पार्न सकेनन् ।

Leave a Reply