‘बलिदान’ ले पायो पिजी प्रमाणपत्र, चलचित्र हेर्न १६ वर्ष मुनिका बालबालिकाले अभिभावक लानु पर्ने

काठमाडौं । यही असोज १३ गते फूलपातीबाट प्रदर्शन हुन लागेको अभिनेता समीर भट्टको प्रतिक्षित चलचित्र ‘बलिदान’ ले पिजी प्रमाणपत्र पाएको छ । शुक्रबार केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले यो चलचित्रलाई पेरेन्टल गाइडेन्स (पिजी) प्रमाणपत्र प्रदान गरेको हो ।

अब यो चलचित्र हेर्न १६ वर्ष मुनीका बालबालिकाले अभिभावकलाई लिएर हल जानुपर्नेछ ।

सन्तोष सेन निर्देशित ‘बलिदान’मा समीर भट्टका अलावा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको अग्रिम टिकट बिक्री सुरु भइसकेको छ भने ‘बलिदान’ ले देशभरबाट २०० बढी शो पाएको छ। फुलपातीबाट प्रदर्शनमा आउन लागेका तीन चलचित्रमध्ये ‘बलिदान’ ले बढी शो पाएको हो ।

‘आसुसेन फिल्म प्रोडक्सन प्रा.लि.’ को ब्यानरमा बनेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *