प्रचण्डबिनाकाे माओवादी बनाउन सुदनलाई सुदेशकाे चुनाैती

काठमाडौं । नेकपा एसको पोलिटब्यूरो सदस्य सुदेश पराजुलीले माओवादी केन्द्रका नेता सुदन किराँतीलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिनाको माओवादी बनाउन चुनौती दिएका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो चुनौती दिएका हुन् । ‘सुदन किराँतीलाई चुनौती नै सही प्रचण्डबिनाको पार्टी बनाउनु’, उनले लेखेका छन्, ‘हामीलाई सम्झेर बेसरी गला र बडुल्की लागेछ नमिठोसंग सर्केला नि फेरि !’

त्यस्तै, उनले राईलाई हिम्मतका साथ प्रचण्डको प्रतिवेदन पढ्ने काम गर्नु, बहस त्यहि केन्द्रीत गर्ने समेत सुझाएका पनि छन् ।

उनले अर्काको घरको धेरै चियो चर्चो नगर्नु, आँटका साहस हामी सामना गर्न तयार रहेको समेत उल्लेख गरेका छन् ।

सुदन किराँतीले बिहीबार माधव नेपालमाथि भ्रष्टाचार मुद्दा चलिरहँदा नेकपा एससँग एकता गर्नु हानिकारक भएको टिप्पणी गरेका थिए । पराजुलीले त्यसैको जवाफ फर्काउने क्रममा यस्तो जवाफ दिएका थिए ।

यस्ताे छ सुदेश पराजुलीकाे स्टाटस: 

सुदन किराँतीलाई चुनौती नै सही प्रचण्डबिनाको पार्टी बनाउनु !
हामीलाई सम्झेर बेसरी गला र बडुल्की लागेछ नमिठोसंग सर्केला नि फेरि !
हिम्मतका साथ प्रचण्डको प्रतिवेदन पढ्ने काम गर्नु , बहस त्यहि केन्द्रीत गर्नु ।
अर्काको घरको धेरै चियो चर्चो नगर्नु , आँटका साहस हामी सामना गर्न तयार छौं ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *