‘हरिबहादुरको जुत्ता’ को ‘सुन्तली माई’ सार्वजनिक

काठमाडौं । दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिएसंगै निर्माण टिमले आज चलचित्रको ‘सुन्तली माई’ बोलको गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गीतको भिडियोमा कलाकारद्वय आर्यन सिग्देल, प्रकाश सपुत र वर्षा राउतको अभिनय छ । भिडियोमा चलचित्रका प्रमुख कलाकार पनि प्रस्तुत छन् ।

गायिका समिक्षा अधिकारी र गायक मोहितवंश आचार्यको स्वरमा रहेको गीतमा दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको संगीत, कुशल सिंहको एरेन्ज र श्याम श्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ रहेको छ।

दिपेन्द्र के खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ मा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रमा नकुल खड्काको सम्पादन छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *