परराष्ट्र सेवामा ४ उपसचिव सिफारिस हुँदा ३ महिला, पहिलो नम्बरमा गंगा सुन्दास

काठमाडौं । परराष्ट्र सेवातर्फको उपसचिव पदमा ४ जना सिफारिस भएका छन् । लोक सेवा आयोगले लिएको खुला प्रतिस्पर्धा अन्तरगत ४ जना सिफारिस हुदाँ ३ जना महिला नै सिफारिस भएका छन् ।

जसमा खुला प्रतिस्पर्धाको पहिलो नम्बरमै महिला तथा दलित समुदायबाट प्रतिनिधित्व गर्ने गंगा सुन्दास सिफारिस भएकी छन् । सुन्दास अहिले परराष्ट्र सेवामै परराष्ट्र मन्त्रालय अन्तरगत रहेको नेपाली राजदूतावास म्यानमारमा कार्यरत थिइन ।

यस्तै खुलातर्फ नै दोस्रो नम्बरमा पनि महिला नै पुजा बेल्वासे सिफारिस भएकी छन् । महिलातर्फको प्रतिस्पर्धामा सुजना अर्याल, आदिवासी जनजातितर्फ भने टार्जनकुमार लिम्बु सिफारिस भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *