यस्ता छन् माग्ने बूढाको दशैं टिप्स !

काठमाडौं । अभिनेता केदार घिमिरे माग्ने बूढाले आउन लागेको विजय दशमीको शुभकामना दिँदै केही सुझाव पनि दिएका छन्। उनको पहिलो सुझाव छ, ‘दशैं भन्नसाथ बस चढेर घर जाने, आउने हुन्छ । यसरी बसमा यात्रा गर्दा आफ्नो सुरक्षाको पनि ख्याल गर्नुहोला । बसहरुले पनि हुटमा राखेर यात्रुहरुलाई ओहोरदोहोर गराउँदा ख्याल गर्नुहोला ।’

माग्ने बूढाले दुर्घटना हुने जोखिम भएकाले छतमा बसेर चंगा उडाउने नानीबाबुहरुलाई होसियार रहेर चंगा उडाउन सुझाव दिएका छन् । त्यस्तै आफ्ना बालबच्चाको होसियारीका साथ ख्याल गर्न सुझाव पनि दिएका छन् । उनले थप भनेका छन्, ‘चाडबाड भन्नसाथ देखासिखी गरेर धेरे खर्च नगर्नु होला । आफ्नो खल्ती कति छ भन्ने ख्याल गरेर आफ्नो क्षमता अनुसार खर्च गर्नुहुन अनुरोध गर्छु ।’

अन्तिममा भनेका छन्, ‘चाडबाडको बेला लंगुर बुर्जा खेल्ने, तास खेल्ने, रक्सी खाने, झैं झगडा गर्ने लगायत अनेक घटना हुने गरेको हुँदा हजुरहरु आफैंले आफैंलाई कन्ट्रोलमा राख्नुहोला ।’

यसपटकको दशैंको टिका १५ गते छ । १३ गते फुलपातिबाट माग्ने बूढाको चलचित्र ‘माइतीघर’ प्रदर्शन हुँदैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *