
काठमाडौ. । एक खुट्टाले नाचेर प्रसिद्धि कमाएकी नृत्याङ्गना सीधा सुवेदीको ४० वर्षको उमेरमा निधन भएको छ ।
आज बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो । उनी तीन महिनादेखि फोक्सो क्यान्सरबाट पीडित थिइन् ।
स्थायी घर चितवन भएकी उनी एक महिनादेखि अस्पतालको भेन्टिलेटरमा रहेकी थिइन् । उनले एक खुट्टाले नाचेरै आफ्नो पहिचान बनाएकी थिइन् ।
उनले सयभन्दा धेरै स्टेज प्रस्तुतिसमेत दिइसकेकी सुवेदी क्लासिक नेपाल फाउण्डेसनकी संस्थापक, मिस इन्टरनेशनल २०२३, प्रेरक वक्ता, गायिका, इन्टरमिडियट-लेभल कत्थक नृत्यमा स्वर्णपदक विजेता समेत हुन् ।
उनको मङ्गलवार नै दाहसंस्कार गरिने भएको छ ।

Leave a Reply