अभिनेता विजय बराललाई पुत्रीलाभ

काठमाडौं । अभिनेता विजय बराललाई पुत्रीलाभ भएको छ । बागबजारस्थित काठमाडौं मोडेल हस्पिटालमा बरालकी श्रीमती प्रमिलाले छोरी जन्माएकी हुन् ।

छोरी जन्मिएकोमा खुसी व्यक्त गर्दै बरालले फेसबुकमा लेखेका छन्, ‘आज जीवनले फेरि एउटा कविता लेखिदियो । प्रिय प्रमिला, न्यानो सास, मनमा चलेको बेजोड ढुकढुकी र आमाको थाकेको अनुहारबीच जन्मिएको फेरि एउटा नयाँ संसार । परिवारमा सदस्यको रुपमा लक्ष्मीको आगमन भएको छ, डा. अरुणा कार्की एण्ड टिमलाई धन्यवाद ।’

बरालको एक छोरा पनि छन् । छोरा अहिले साढे दुई वर्षका भइसकेका छन् । केही समयअघि मात्रै बरालको ‘जनै हराएको मान्छे’ चलचित्र प्रदर्शन भएको थियो भने अब ‘जारी २’ प्रदर्शन हुने तयारीमा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *