राष्ट्रिय सभाको कार्यव्यवस्था समितिको बैठक- समन्वय बैठकको प्रतिवेदन टुङ्ग्याएर सार्वजनिक गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सम्पन्न भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा आइतबार बसेको बैठकमा उपाध्यक्ष विमला घिमिरे, विभिन्न दलका नेता, कार्यव्यवस्था परामर्श समितिका सदस्य तथा राष्ट्रिय सभा सचिवलगायतको सहभागिता रहेको थियो ।

बैठकमा समसामयिक अवस्थामा राष्ट्रिय सभाको भूमिकाबारे छलफल भएको सचिवालयले जनाएको छ । त्यस्तै, १८औँ अधिवेशन समापनका सन्दर्भमा नियमित बैठक बस्न नसकेको उल्लेख गर्दै उक्त अधिवेशनमा भएका कामकारबाही सार्वजनिक गर्न अध्यक्ष दाहालले निर्देशन दिएका छन् ।

यससँगै, गत जेठ ११ र १२ गते सातै प्रदेशमा सम्पन्न ‘संघीयता सबलीकरणमा राष्ट्रिय सभाको जिम्मेवारीः प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी’ विषयक निर्वाचक मण्डलसँगको समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रमको एकीकृत प्रतिवेदन आवश्यक परिमार्जनसहित टुङ्ग्याएर सार्वजनिक गर्ने निर्णय समेत बैठकले गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *