जेनजी आन्दोलनका क्रममा निधन भएकाहरूको शोकमा कांग्रेसद्वारा दीप प्रज्वलन

काठमाडौं । जेनजीको आन्दोलनका क्रममा निधन भएकाहरूको शोकमा नेपाली कांग्रेस काठमाडौं महानगर समितिले दीप प्रज्वलन गरेको छ ।
May be an image of 3 people and text
रत्नपार्कस्थित शान्ति बाटिकामा शनिवार साँझ भेला भई काठमाडौं महानगर समितिले दीप प्रज्वलन गरी शोक व्यक्त गरेको हो । दीप प्रज्वलन कार्यक्रममा कांग्रेसका महामन्त्री गगनकुमार थापा लगायतका नेताहरू सहभागी थिए। गत भदौ २३ र २४ गते देशैभरी भएको जेनजी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको छ ।
May be an image of 10 people, monument and text
सोही आन्दोलनमा परी घाइते भएका सयौँ मानिसहरू उपचाररत छन् । आन्दोलनका मृतकको चीर शान्तिको कामना गर्दै समितिले दीप प्रज्वलन र श्रद्धाञ्जली अर्पण गरेको हो । सरकारले जेनजी आन्दोलनका क्रममा निधन भएकाहरूलाई शहीद घोषणा गरिसकेको छ ।
सरकारले मृतकका परिवारलाई १५ लाख दिने निर्णय गरेको छ । जेनजीको आन्दोलन प्रतिनिधि सभाबाट निर्वाचित सरकार ढलेर अन्तरिम सरकार बनेको हो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने म्यान्डेट रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *