मदन सम्झिँदै गोकुलको गर्जन- केही नेता नआउन सक्छन्, तर एमाले खरानीको टीका लाएर अगाडि बढ्छ

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले अहिले संविधानलाई कोमामा पुर्‍याइएको टिप्पणी गरेका छन् । संविधान दिवसको अवसरमा आयोजित एक सभामा बोल्दै बोल्दै लामो सङ्घर्षमा प्राप्त संविधान अपहरित भएको बताए ।

पार्टीका संस्थापक महासचिव जननेता मदन भण्डारीलाई सम्झिँदै गोकुलले भने, ‘नेकपा एमालेका केही नेताहरू आउँछन् कि आउँदैनन् भन्न सकिँदैन । तर, नेकपा एमाले आउँछ, परिवर्तनको झन्डा बोकेर आउँछ । गुमेको आत्मविश्वासलाई फेरि फिर्ता लिएर आउँछ ।’

उनले भौतिक हमलाले राजनीतिक विचारधारा नढल्ने प्रष्ट्याए ।

उनले थपे, ‘हामीले कुनै निरंकूशताको अभियान चलाएका होइनौँ । न्यायको अभियान चलाएको हौँ । यो वितण्डाले देश सय वर्ष पछाडि परेको छ । हामीले भूकम्प, नाकाबन्दी, कोभिड र विदेशीको थिचोमिचोको सामना गरेर जनतालाई बचाइरह्यौँ । त्यो दृढ विश्वास गुम्दैन । हामी तीनवटै पुस्ताको नेतृत्व गर्न सक्छौँ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *