संविधान दिवसमा अनेरास्ववियूद्वारा दीप प्रज्वलन

काठमाडौं । नेकपा एसनिकटको अनेरास्ववियूले काठमाडौंको वाल्मीकि विद्या पिठमा संविधान दिवस,तथा सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुको नाममा दिप प्रज्वलन गरेको छ ।

अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सहित नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यकमलाई सम्बोधन गर्दै नेकापा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य जीवन राईले सबैले संविधानको मर्म र भावना अनुशार काम गर्नपर्ने ,दायित्व रहेको बताए । साथै, हामीले नया पुस्तालाई पनि यो संविधानको महत्त्वको विषय बुझाउनुपर्ने जरुरी रहेको उनको भनाइ छ ।

जेन–जी आन्दोलनमा ज्यान गुमाउने सम्पूर्णलाई श्रद्धा सुमन अर्पण साथै उनीहरुको त्यागको कदर हुनुपर्ने र घाईते सम्पूर्णको शिघ्र स्वास्थ्य लाभको कामना र उचित व्यवस्थापनको विषयमा कार्यक्रममा छलफल भएको अनेरास्ववियूका उपाध्यक्ष अशोक थापाले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *