
काठमाडौं । जेनजी युवापुस्ताले हालै भएका प्रदर्शनपछि विकसित भएका घटनाक्रम तथा त्यससँगै समाजमा देखिएका परिवर्तनलाई सम्बोधन गर्न गृह मन्त्रालयले सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ ।
मन्त्रालयका अनुसार उक्त हेल्प डेस्कमार्फत घटनासँग सम्बन्धित सूचना, गुनासो, सल्लाह तथा सुझाव संकलन गरिनेछ ।
यसका लागि मोबाइल नम्बर ९८५१३६६०३ समेत सार्वजनिक गरिएको छ । उक्त नम्बरमा फोन, एसएमएस, भ्वाइस म्यासेज, भाइबरलगायत माध्यमबाट प्रत्यक्ष जानकारी दिन सकिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।
सहायता कक्ष स्थापना गर्नुको उद्देश्य प्रदर्शनपश्चात् देखापर्न सक्ने समस्या वा सम्भावित गतिविधिको सहजीकरण तथा प्रभावकारी व्यवस्थापन गर्ने रहेको मन्त्रालयको भनाइ छ ।
गृह मन्त्रालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी रविन्द्र आचार्यले शुक्रबार विज्ञप्ति जारी गर्दै नागरिकलाई घटनाबारे जानकारी र प्रतिक्रिया दिन आग्रह गरेका छन् ।


Leave a Reply