सन्तोष सेनसँगको लफडाबारे रोहित- देशको परिस्थितिका कारण हामी एकजुट भयौं, मैले गल्ती स्वीकारेँ

काठमाडौं। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक गरियो। आयोजित कार्यक्रममा चलचित्रका कलाकारसँग ‘माइतीघर’ को कुरा गरियो।

चलचित्रको प्रसँगसँगै कार्यक्रममा चलचित्रका प्रस्तुतकर्ता रोहित अधिकारीलाई उनी र सन्तोष सेनको विवादबारे पनि सोधिएको थियो। फेसबुकमा वाकयुद्धसँगै अदालती मुद्दामामिलासम्म पुगेको आफ्नो र अर्को चलचित्र ‘बलिदान’ का निर्देशक सन्तोष सेनसँगको विवादबारे रोहितले कार्यक्रममा खुलेर बोलेका छन्।

यी दुईको विवादबारे धेरै जानकार नै छन्। ‘माइतीघर’को शीर्ष गीत सार्वजनिक भए लगत्तै सुरु भएको रोहित, सन्तोष र दिपकको वाकयुद्धले ठूलै रुप लिएको थियो। सन्तोष भर्सेज रोहित–दिपकराजबीचको लफडा यति उत्कर्षमा पुगेको थियो कि, कुरा मुद्दा–मामिलासम्म पुगेको थियो। अहिले भने यी दुवै शान्त छन्।

कार्यक्रममा अधिकारीलाई सोधिएको थियो,‘त्यत्रो चर्काचर्की परेको विवादको सेटलमेन्ट कसरी भयो? कि अहिलेसम्म भएकै छैन? पुलिस प्रशासनसम्म पुगेको कुरा थियो।’

पत्रकारको प्रश्नको जवाफ दिँदै रोहितले भने,‘पहिलो कुरा, हाम्रो विवाद केहीमा थिएन र छैन पनि। यहाँ हामी जस्तै अरु पनि बिजनेस गर्नै आउनु भएको हो। त्यहीँ भएर सबैजना मिलेरै अगाडी बढिरहेका छौ। त्यो विवाद एउटा पोइन्टमा भएको जस्तो लागेको थियो, तर अहिले देशको परिस्थितिले हामी एकजुट भएका छौँ।’

यतिमै पत्रकारले फेरि सोधे,‘अनि त्यो हेलमेट काण्ड चाहिँ के हो ?’

रोहितले थपे,‘त्यो साथीभाइ बसेर जिस्किदाखेरि बाहिर आएको कुरा हो। अरु केही हैन।’

रोहितलाई कार्यक्रममा साइबर सेना र उजुरीबारे पनि प्रश्न गरिएको थियो। यसबारे बोल्दै उनले भने,‘साइबर सेनाको कुराहरु थियो कि जस्तो लागेको थियो तर अहिले यसबारे कुरा नगरोँ। कुरा रहयो उजुरीको। त्यो बेला उजुरी गर्दा हामी अक्रै मुडमा थियौ, अहिले अर्कै मुडमा छौँ। अहिले देशको स्थिती लड्नेभन्दा मिलेर एकअर्कालाई सहयोग गर्दै अघि बढ्ने हो।’

उनको जवाफ नसकिँदै फेरि प्रश्न तेर्सियो– ‘तपाईँहरुको तीन पक्षीय स्टेटमेन्टले सिनेमा क्षेत्र नै फोहोर भयो भन्ने छ। तपाईलाई के लाग्छ ? फोहोर बनाइदिनु भएको हो तपाईले ?’

उत्तर दिँदै रोहितले भने,‘कहिलेकाहीँ कसैले उक्साउने काम गरिरहयो भने, सहन गाह्रो हुन्छ। त्यहीँ माथि चलचित्र रिलिज हुने समयमा। आफ्नो चलचित्र चलाउने बेला स्टाट्स लेख्नैपर्छ। सबैले लेख्नुहुन्छ। त्यस्तो अवस्थामा आएका रियाक्सनहरु हुन। त्यसमा मैले मेरो गल्ती स्विकारिसकेको छु। मेरो पनि मिस्टेक देखियो। अब अहिले हामी यी कुराहरु सुधारेर फिल्ममा नै केन्द्रित छौ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *