बादलको दाबी- निर्वाचित सरकार अपदस्थ गरिएको छ, हामी समीक्षा र ध्रुवीकरणको चरणमा छौँ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले जनताबाट निर्वाचित केपी ओली नेतृत्वको सरकारलाई अपदस्थ गरेर अनागरिक सरकार गठन गरेको टिप्पणी गरेका छन्।

जेनजी प्रदर्शनकारीले आगजनी गरेको पार्टीको भग्नावशेष कार्यालयको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुशीला कार्की नेतृत्वको सरकारलाई अनागरिकको संज्ञा दिए।

बादलले भने, ‘अहिले लोकतन्त्रलाई अपदस्थ गरिएको छ। नागरिक सर्वोच्चताको प्रतीक संसद् हो तर संसद्लाई विघटन गरिएको छ। नागरिकहरूले निर्वाचित गरेको सरकारलाई अपदस्थ गरेको छ। संसद् विघटन गरिएको छ, अनागरिक सरकार असंवैधानिक ढंगले गठन गरिएको छ।’

उनले पार्टी अब समीक्षा र ध्रुवीकरणको चरणमा रहेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *