समीर भट्ट अभिनित ‘बलिदान’ को शिर्ष गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक

काठमाडौं । अभिनेता समीर भट्टको प्रतिक्षित चलचित्र ‘बलिदान’ को शिर्ष गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक गरिएको छ। सामाजिक संजालहरु निष्क्रिय र जेनजी आन्दोलनको कारण रोकिएको चलचित्रको शिर्ष गीत निर्माण टिमले आज सार्वजनिक गरेको हो।

सार्वजनिक लिरिकल गीतमा गायक सुजन चापागाईँको स्वर छ । गीतको शब्द भने हर्क साउदले लेखेका छन् ।

गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई चित्रण गरिएको छ। गीतले आमा र देशकै काखमा जन्मेर बाँचिएको हो भन्ने सन्देश दिँदै, आवश्यक परे आफ्नो प्राणसमेत आमा र मातृभूमिको नाममा अर्पण गर्न भाव प्रकट गरेको छ।

गीत सार्वजनिक गर्दै चलचित्रको निर्देशक सन्तोष सेन भन्छन्, ‘अन्यायले मान्छेलाई निरन्तर घेरिरहँदा, आमा र मातृभूमिको लागि एउटा युवाले कतिसम्म गर्ने सक्छ भन्ने कुरा हामी देखिसकेका छौ। यस्तै एउटा सोचबाट ‘बलिदान’ जन्मियो। त्यसैले ‘बलिदान’ केवल कल्पना मात्र नभई वास्तविकताको प्रतिध्वनि हो। यो चलचित्र पर्दाको संवाद मात्र होइन, देशको घाउको चित्कार पनि पनि हो।’

आसुसेन फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको ‘बलिदान’ को लेखन दर्शन जीले गरेका हुन। पवन ब्राडफोर्ड विष्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल, रितेश जङ्ग पौडेल लगायतका कलाकारको अभिनय रहेको छ।

यो गीतपछि केही दिनमै चलचित्रको ट्रेलर सार्वजनिक गर्ने निर्देशक सेनको तयारी छ। ‘बलिदान’ यहीँ आउँदै गरेको हिन्दुहरुको महान चाड वडादसैँको फूलपाती अर्थात असोज १३ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउदैछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *