बग्गीखानाको भग्नावशेष निरीक्षणमा पुगे गृहमन्त्री- उच्च मनोबलले काममा खट्न आग्रह

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोवलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई आग्रह गरेका छन्।

मंगलबार युवाहरुको आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरिक्षण गर्दै गृहमन्त्री अर्यालले उच्च मनोवलका साथ आफ्नो काममा खटिन आग्रह गरेका हुन् ।

गृहमन्त्री अर्याललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दान बहादुर कार्की, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारी लगाएतले ट्राफिक प्रहरी कार्यालयको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

गृहमन्त्री अर्यालले अहिलेको भवनबाटै सेवा सुरु गर्न निर्देशन दिदै सरकारका तर्फबाट पूर्ण रुपमा सहयोग हुने प्रतिवद्धता जनाए । शान्ति सुरक्षा, सुशासन लगाएतका कुरामा सरकार गम्भीर भएर अघि बढ्ने उनले उल्लेख गरे । उनले अव छिटै सवै कुरा लयमा फर्कने विश्वास व्यक्त गर्नुभयो । अहिलेको सरकारले कसैमाथि पनि पक्षपात नगर्ने र निष्पक्ष रुपमा निर्वाचन गर्ने उनले बताए ।

जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय जलेर ध्वस्त भएको छ भने कार्यालय परिसरमा रहेका सवारीसाधान पनि जलेका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *