जनेजी आन्दोलनमा ज्यान गुमाएका युवाको सम्झनामा स्मारक पार्क बनाइने

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरुको सम्झनामा जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । जसका लागि योजना बनाउन शहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । त्यस्तै, बैठकले आन्दोलनमा क्षति भएका संरचनाको पुनर्निर्माण गर्न पुनर्निर्माण कोष स्थापना गर्ने निर्णय पनि गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *